जेठ ०६, २०८१, आइतबार
               

​​​​​​​महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २६, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

चितवन । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज (शुक्रबार) बिहान आएको पिसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

योसँगै चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । एक संक्रमित वृद्धाको भने घरमा नै मृत्यु भएको थियो । 

चितवनमा चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी बर्दघाट सुस्तापूर्वका तीन तथा बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि