जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट काठमाडौंका ३ सहित थप ५ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । 

मन्त्रालयका अनुसार आज काठमाडौंकी ५५ वर्षीय महिलाकाे मृत्यु भएकाे छ । 

साथै मृत्यु हुने पुरुषहरूमा काठमाडौंका ५९ र ८३ वर्षीय तथा कपिलबस्तुका २९ वर्षीय छन् । 

आज ११ हजार १४४ जनाको पिसिआर परीक्षण गरिएकाे थियो । 

 


कस्तो लाग्यो ?

यो पनि