जेठ ०५, २०८१, शनिबार
               

७ जिल्लामा संक्रमित पाँच सयभन्दा बढी

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा संक्रमित ४९ हजार २१९ छन् । आज विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय संक्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् । 

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय संक्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३,  ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय,  वाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय,  ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम  १३० छन् । 

देशभर १६२ संक्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । वाग्मतीमा २१ र ५ मा एक  गरी २२ संक्रमित भेण्टिलेटरमा छन् । 

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमित भेटिएका छन् । प्रदेश १ का उदयपुरमा एक, ओखलढुङ््गामा तीन, खोटाङमा दुई, झापामा छ,  ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन् । प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन् । 

काठमाडौं उपत्यकामा ३६४ नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६  छन् । वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा संक्रमण पुष्टि भएको छ । 

गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी(बर्दघाट सुस्ता पूर्व )मा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक संक्रमित फेला परेका छन् ।   प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन् । कर्णालीका जाजरकोटमा एक,  दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई  संक्रमित फेला परेका छन् ।  

आजसम्म सात जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही,  चितवन, ललितपुर, काठमाडौं, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला  छन् ।

 

यो पनि