जेठ ०६, २०८१, आइतबार
               

बुधबार थपिए १ हजार ८१ संक्रमित

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । हाेम आइसोलेसनमा ७ हजार ३७ जना छन् ।  पछिल्लो २४ घण्टामा ११ हजार १६७ पिसिआर परीक्षण गरिएको छ ।

त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप ९१८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि