जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाका तीन जिल्लामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्र ३९४ जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि