मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट नवलपुरस्थित देवचुलीका एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिँजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड–१९ संक्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । त्यस्तै आज बिहान कास्कीको पोखरामा ९, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक–एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ६७२ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा ५३ हजार ३२९ जनाको पिसीआर नमूना परीक्षण गरिएकोमा ५० हजार ६५७ मा कोरोना संक्रमण देखिएको छैन । संक्रमित मध्ये एक हजार ८०४ जना निको भएका छन् भने सक्रिय संक्रमित ८४६ रहेको निर्देशनालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि