असोज ०६, २०८१, आइतबार
               

कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । 

उनको सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । सचिवालयले भन्यो, ‘कोरोना पुष्टि भए पनि उहाँमा कोरोनाको कुनै लक्षण छैन ।' 

यसअघि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

उनी पनि अहिले होम आइसोलेसनमा छन् ।

यो पनि