असोज ०६, २०८१, आइतबार
               

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै सुवाल होम आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमण भएको आशंकामा उनले भदौ १५ गते पिसिआर परीक्षण गराएका थिए । उनको रिपोर्ट शनिबार आएको थियो ।

भक्तपुर नगरपालिकाले च्यामासिंहमा आयोजना गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्नो सम्पर्क आएका सबैलाई पिसिआर परीक्षण गराउन उनले आग्रह गरेका छन् । साथै उनले सबैमा आवश्यक सतर्कता अपनाउन समेत सुझाव दिएका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि