जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ६ जना छन् । नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिएको छ भने कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । तीमध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन ।

त्यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका रहनुभएका भएका डा शर्माले बताए । 


कस्तो लाग्यो ?

यो पनि