जेठ ०८, २०८१, मंगलबार
               

प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

राजविराज गजेन्द्र नारायणसिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन भएका छन् । 

भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावका कारण अस्पतालका आइसियुकक्षमा प्रयोग हुने भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका हुन् ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको थियो । ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामी अन्य अस्पतालमा रिफर भएर उपचार लिन बाध्य छन् ।

 सप्तरीमा समुदायस्तरमा नै कोरोना सङ्क्रमित भेटिएको छ । कतिपय सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताए । 

जटिल समस्यामा पुगेका बिरामीलाई भेन्टिलेटर र आइसियु अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको उल्लेख गर्दै उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको बताए ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण हालसम्म आठ जनाले ज्यान गुमाएका छन् । भेन्टिलेटर र आइसियु नभएका कारण कोरोना सङ्क्रमितलाई अन्यत्र उपचारका लागि लग्दै गर्दा ज्यान जानेहरुको संख्या अधिक छ । 

करिब १७८ श्यया भएको साइकृष्णा मेडिकल कलेजमा सञ्चालित आइसोलेसन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदासमेत कोरोना सङ्क्रमित तथा अन्य जटिल प्रकृतिका रोगीको उपचार हुन नसकिएर अकालमै ज्यानसमेत जाने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सङ्क्रमणसँगै अस्पतालमा बिरामीले अकालमै ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसियु सेवा सञ्चालन गर्न स्थानीयवासीको माग छ । 


कस्तो लाग्यो ?

यो पनि