जेठ ०६, २०८१, आइतबार
               

नेपालमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमणबाट ३०० जनाको मृत्यु भइसकेको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक हो ।

नेपालमा कोरोना संक्रमित ३०० जनाको मृत्यु हुँदा पहिलोपटक एक पत्रकारको समेत मृत्यु भएको छ ।

कपिलवस्तुका ६२ वर्षीय कोरोना संक्रमित पत्रकारको मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए ।

उनको मृत्यु भएपछि उनमा कोरोना संक्रमण रहेको-नरहेको थाहा पाउनको लागि उनको स्वाब संकलन गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

नेपालमा पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।


कस्तो लाग्यो ?

यो पनि