जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ । सोमवार ११ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय कटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज माेरङका १ जना, सिरहाका २ जना, सर्लाहीका १ जना, दोलखाका १ जना, मकवानपुरका १ जना र बाँकेका १ जना पुरुष गरी १७ पुरुषकाे मृत्यु भएकाे छ ।

साथै काठमाडौंका ३ जना महिला र कास्कीकी १ जना गरी ४ महिलाकाे मृत्युसँगै सोमबार ११ जनाकाे मृत्यु भएकाे हाे ।  

आज ९ हजार २१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । 


कस्तो लाग्यो ?

यो पनि