जेठ ०६, २०८१, आइतबार
               

सोमबार थपिए ९७९ संक्रमित

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ९७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ । आज ९ हजार ६९ जना संस्थागत आइसोलेशनमा र ७ हजार १९० जना हाेम आइसाेलेसनमा छन् । क्वारेन्टाइनमा ७ हजार ४३९ जना रहेका छन् । आइसियुमा १७१ जना उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा एक हजार १ हजार ७३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३० हजार ६७७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि