विराटनगर । कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिका– २ का ७० वर्षीय वृद्धमा मृत्युपश्चात कोरोना पुष्टि भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्याबाट पीडित उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि सो अस्पताल पुर्याइएको थियो ।
मृत्युपश्चात् स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मृत वृद्धमा कोरोना पुष्टि भएसँगै विराटनगरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
आइतबार प्रदेश १ मै १४३ जना संक्रमित थप भएका छन् ।योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २२ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।