बैशाख २५, २०८१, मंगलबार
               

मृत्युपश्चात् गोरखाकी एक महिलामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

गोरखा । केही दिनअघि गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्याका कारण सो अस्पताल भर्ना भएकी  गोरखा नगरपालिकाकी ७६ वर्षीय महिलाको मृत्यु भएको हो । उनी उपचारका लागि भन्दै शनिबार सो अस्पताल भर्ना भएकी थिइन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको मृत्यु आइसियुमा उपचारकै क्रममा भएको हो । सो अस्पतालले मृत महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको जनाएको छ ।  

मृत्युपश्चात् स्वाब संकलन गरी पिसिआर गर्दा उनमा कोरोना पुष्टि भएको हो । ती महिलाको मृत्युसँगै कोरोनाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि