असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थपिए ४५४ संक्रमित

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौंमा मात्रै ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।  

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ छ । १० हजार ९४२ जना संस्थागत आइसोलेशनमा छन् ।  

हाल देहभरका क्वारेन्टाइनमा ६ हजार ५६१ जना रहेका छन् । आज देशभर १३ हजार ६३८ पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभर सात लाख ४५ हजार ४९० पिसिआर परीक्षण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संक्रमणको तुलनामा ५८ प्रतिशत हो ।


कस्तो लाग्यो ?

यो पनि