असोज ०६, २०८१, आइतबार
               

शुक्रबार थपिए एक हजार ३५९ संक्रमित

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ३५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४६४ महिला र ८९५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । 

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ छ । १० हजार ९४२ जना संस्थागत आइसोलेशनमा छन् ।  

हाल देहभरका क्वारेन्टाइनमा ६ हजार ५६१ जना रहेका छन् । आज देशभर १३ हजार ६३८ पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभर सात लाख ४५ हजार ४९० पिसिआर परीक्षण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संक्रमणको तुलनामा ५८ प्रतिशत हो ।

नेपालमा कोरोना संक्रणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २७१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि