मंसिर ०७, २०८१, शुक्रबार
               

निजी ल्याबमा कोरोना पुष्टि भएकाले कोरोना बिमासम्बन्धी भुक्तानी नपाउने

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अब सरकारी मान्यताप्राप्त ल्याबमा कोरोना पुष्टि भए मात्र कोरोनाबिमितले सेवा सुविधा पाउने भएका छन् । 

बिमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने मापदण्ड बनाएसँगै निजी ल्याबमा कोरोना पुष्टि भएकाहरु कोरोना बिमा भुक्तानीबाट वञ्चित हुने भएका हुन् । 

कोरोना (कोभिड-१९) महामारी बढिरहँदा लाखौँ नेपालीले यसको बीमा गरेर आर्थिक पाटोमा ढुक्क हुन चाहिरहेका बेला  बिमा समितिले नयाँ मापदण्ड  बनाएसँगै धेरै बिमा दाबी भुक्तानी पाउनबाट वञ्चित हुन सक्ने सम्भावना बढेको छ । 

पछिल्लो समय सरकारले सरकारी र निजी ल्याबमा कोरोना पुष्टि भएकाहरुलाई अपडेट गरी कोरोना संक्रमितको संख्याबारे जानकारी गराउँदै आएको छ ।

जसका कारण बिमा समितिको चौतर्फी आलोचना भएको छ । अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गरेका छन् । जसमा ६ सय जनाले दाबी भुक्तानी दाबी गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि