असोज ०६, २०८१, आइतबार
               

धनुषामा मृत्युपश्चात् एक भारतीय मजदुरमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयामा एक भारतीय मजदुरमा कोरोना पुष्टि भएको छ । लोमस प्यारेन्टल एन्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

गत भदौ १७ गते राति सुतेका उनी १८ गते बिहान मृत फेला अवस्थामा फेला परेका थिए । उनी आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष भएको बताइएको छ । मृत्यु हुनुअघि उनी ज्वरो र झाडापखालाबाट पीडित थिए । उनको स्थानीयस्तरमै उपचार गराइएको थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्यका अनुसार मृत्युपश्चात् उनको स्वब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । 

यो पनि