असोज ०६, २०८१, आइतबार
               

बुटवलमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

उनलाई भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि