मंसिर ०७, २०८१, शुक्रबार
               

चितवनमा कोरोना संक्रमित ४० वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– र ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना संक्रमण देखिएकी ती महिलाको बुधबार राति १२ः४० बजे मृत्यु भएको हो ।

योसँगै चितवन जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी ९सुस्तापूर्व०का १र१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि