काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन २ जना, काठमाडौंका १ जना, ललितपुर, कपिलबस्तु र तनहुँका १/१ जना गरी ६ जना महिलाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बारा, चितवन, भक्तपुर र धादिङकाे १/१ जना र काठमाडौं २ जना गरी ६ पुरुष गरी ६ जनाकाे देशभर १२ जनाकाे मृत्यु भएकाे छ ।
यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ जना पुगेको छ ।