मंसिर ०७, २०८१, शुक्रबार
               

रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

बुटवल । रुपन्देहीस्थित कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको आज (बुधबार) बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमित ती महिलालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि भदौ ७ गते अस्पताल भर्ना गरिएको थियोे । 

आइसियूमा राखेर उपचार भइरहेकोमा आज बिहान सवा नौ बजे महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ती महिलामा उच्च रक्तचापको समस्यासमेत रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यसअघि रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा रामग्राम नगरपालिका-५ परासीकी ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि