काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुईजनाको मृत्यु भएको छ ।
शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार उनीहरुको मृत्यु कोरोनाका कारण भएको हो । मृत्यु हुनेमा ७५ वर्षीय एक पुरुष र २० वर्षीया एक महिला छन् ।
सो अस्पतालका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने मृतक महिला तनहुँकी हुन् ।थपलियाका अनुसार ७५ वर्षीया पुरुष सुगर प्रेसरजस्ता दीर्घरोगबाट पीडित थिए ।
त्यसैगरी, २० वर्षीया महिला बाथरोथ र मिर्गौलाबाट पीडित थिइन् । उनीहरु दुवैको मृत्यु आइसियूमा उपचारका क्रममा भएको हो ।