बैशाख २१, २०८१, शुक्रबार
               

नवलपरासीकी कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

लुम्बिनी । कोरोना भाइरस संक्रमित एक महिलाको भैरहवामा उपचारकाे क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकोमा गए राति मृत्यु भएको डा. पोखरेलले जानकारी दिए ।

हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा. पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना संक्रमितको उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि