बैशाख २१, २०८१, शुक्रबार
               

भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

रुपन्देही । भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-५ परासीकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।

ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो । 

आइसियूमा राखेर उपचार भइरहेकोमा मंगलबार राति ९:४५ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि