काठमाडौं । बाराका एक कोरोना संक्रमित ९७ वर्षीय बृद्धको मृत्यु भएको छ ।
वीरगञ्जमा रहेको कोरोना अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुषकाे मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
जानकारी अनुसार गत भदौ १२ गते ती बृद्ध अस्पतालमा गएको र स्वाब संकलन गरिएको थियो । त्यसपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।