बैशाख २१, २०८१, शुक्रबार
               

प्रदेश नं २ मा मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।

मंगलबार थप भएका मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

साथै प्रदेशमा संक्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि