बैशाख २१, २०८१, शुक्रबार
               

मंगलबार कोरोनाबाट थप ११ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको  कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाेत्तरीका ४ वर्षीया बालिकाकाे आज मृत्यु भएकाे छ । हिजो सोमबार पनि महाेत्तरीकै एक बालिकाकाेका मृत्यु भएकाे थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार महाेत्तरीका १ जना, सिरहाका १ जना, पर्साका ३ जना, बाराका १ जना, चितवनका १ जना, मकवानपुरका १ जना र काठमाडौंका २ जना गरी १० जना पुरुषकाे मृत्यु भएकाे हाे ।

यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि