काठमाडौं । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूष रहेको र उनको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको उक्त कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । अनुसार मृतक ती व्यक्तिलाई निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।