मंसिर ०७, २०८१, शुक्रबार
               

वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय वीरगञ्जमा थप एक कोरोना संक्रमित एक वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्ज निवासी ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना अस्पताल वीरगञ्जस्थित हेल्थ केयरमा उपचार भइरहेका ती संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता  डा. अतुलेश कुमार चौरसियाले बताए ।

उनका अनुसार मृतक ती व्यक्ति टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित भएको र गत साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि