विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना संक्रमण देखिएकाे छ । सोमबार आएको स्वाब रिपोर्ट अनुसार उनमा कोरोना पोजिटिभ आएको हो ।
मन्त्री घिमिरेमा संक्रमण देखिएपछि परिवार र सचिवालयका सदस्यहरुको समेत स्वाब संकलन गरिएको छ।
मन्त्री घिमिरेलाई पखाला लाग्ने र ज्वरो समेत आएपछि कोरोना परीक्षण गर्दा उनकाे रिपोर्ट पोजेटिभ आएकाे हाे भने उनी अिहले निवासमै उपचाररत छन् ।