कोरोनाभाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएकाे छ ।
दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उचारकाे क्रमकाे उनकाे मृत्यु भएकाे हाे ।
अगस्टको दोस्रो साताबाट बिरामी भएपछि उनलाई सैनिक अस्पताल लगेर भर्ना गरिएको हो । त्यहाँ उनको कोरोना परीक्षण गर्दा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
पूर्वराष्ट्रपति मुखर्जीकाे ८४ वर्षकाे उमेरमा निधन भएकाे हाे । प्रणव मुखर्जीको छोरो अभिजीत मुखर्जीले ट्वीट गरी प्रणब मुखर्जीको मृत्युको जानकारी दिएका हुन् ।