जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी चार वर्षीया बालिकाको कारोनाका कारण मृत्यु भएको छ ।
बालिकालाई उच्च ज्वरो र सास फेर्न समस्या भएपछि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो ।
सोही क्रममा गत २३ साउनमा उपचारको क्रममा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । आइसोलेसनमा राखेर उपचार गर्दागर्दै भदौ १४ मा उनको मृत्यु भएको थियो ।