बैशाख २६, २०८१, बुधबार
               

मृतक चिकित्सकमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

जनकपुरधाम । कोरोनाका कारण नेपालमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टमा सोमबार कोरोना पुष्टि भएको हो । उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलो स्वास्थ्यकर्मी हुन् ।  

श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १०मा काठमाडौं लैजाने क्रममा सिन्धुलीमा उनको मृत्यु  भएको थियो । सिन्धुलीमा मृत्यु भएसँगै  उनको शव पुनः जिल्लामा लगी  स्वाब संकलन गरिएको थियो । पछि परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि