काठमाडौं । सरकारले काेरोना परीक्षण शुल्क पुन: घटाएकाे छ । नयाँ काय भएको शुल्क अनुसार अब कोरोना भाइरस को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको हो ।
तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ ।
तर आफ्नै ल्याब नभएका अस्पतालहरूले स्वाब संकलय गर्दा पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसअघि पीसीआर टेष्टको शुल्क ५ हजार ५०० रुपैयाँ थियो ।