जेठ ०१, २०८१, मंगलबार
               

सुदूरपश्चिममा कुन महिनामा कति संक्रमित पहिचान

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पाँच महिनामा संक्रमितको संख्या पाँच हजार सात सय ५४ पुगेको छ । दुबईबाट आएका कैलालीका एक युवकमा चैत १४ मा सुदूरपश्चिममा पहिलो कोरोना संक्रमितको पहिचान भएको थियो । चैतयता सो प्रदेशमा पाँच हजार सात सय ५४ जनामा कोरोना पहिचान भएको छ । 

आइतबार मात्र सो प्रदेशमा एक सय जना कोरोना संक्रमित पहिचान भएका छन् । आइतबार कोरोना पुष्टि हुनेमा बझाङ्गका ४७, अछामका १८, डोटीका १५, कञ्चनपुरका सात र दार्चुलाका दुई जना छन् । 

चैतमा चार जना कोरोना संक्रमित पहिचान भए पनि सो प्रदेशमा वैशाखभर नयाँ थपिएनन् । तर, जेठमा भने थप दुई सय ५६ जना कोरोना संक्रमित पहिचान भए ।त्यसैगरी, असार, साउन र भदौ १४ सम्म क्रमश: तीन हजार पाँच सय ६१ जना, एक हजार २९ जना र नौ सय तीन जना संक्रमित थप भएका छन् ।

यो पनि