काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना महिला र १० जना पुरुष गरी १४ जनाकाे मृत्यु भएकाे हाे ।
मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १/१ जना रहेका छन् । पुरुषमा महोत्तरी र रुपन्देहीका २/२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर,भक्तपुर र नवलपरासीका १/१ जना गरी १० जना रहेका छन् ।
यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।