असोज ०५, २०८१, शनिबार
               

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आज अपराह्न मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२:३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र  श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान  ४:३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

कोरोना संक्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ ।

योसँगै रुपन्देहीमा अहिलेसम्म नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि