असोज ०५, २०८१, शनिबार
               

कोरोना संक्रमित आमा-छोराको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

धरान । सुनसरीको धरानमा कोरोना संक्रमति आमा-छोराको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

छोराको बिहान ७:४५ बजे र आमाको साढे आठ बजे मृत्यु भएको हो ।

अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि उनीहरुलाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

आइतबार बिहान आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु दुवै जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

दुवै जना उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित रहेको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि