असोज ०५, २०८१, शनिबार
               

२९ वर्षीय युवकसहित पाटनमा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरका २९ वर्षीय एक पुरुष, भैरहवाका ५७ वर्षीय एक पुरुष र महोत्तरीकी ६२ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

ललितपुर र भैरहवा र का पुरुषको शनिबार राति मृत्यु भएको हो ।

महोत्तरीकी महिलाको भने शनिबार साँझतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय युवक र भैरहवाका ५७ वर्षीय पुरुष किड्नीका बिरामी थिए । 

महोत्तरी जलेश्वरकी ६२ वर्षीया महिलामा भने रगतमा समस्या थियो ।


कस्तो लाग्यो ?

यो पनि