असोज ०५, २०८१, शनिबार
               

भक्तपुरमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

भक्तपुर । कोरोना संक्रमित एक पुरुषको होम आइसोलेसनमै गएराति मृत्यु भएको छ ।  

भक्तपुर नगरपालिका–१ दूधपाटीका संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि संक्रमित घरमै बसेका थिए ।  

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले संक्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खाना खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो ।  

नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए । 

यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक संक्रमितको मृत्यु भएको थियो । 

भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि