बैशाख २२, २०८१, शनिबार
               

राप्ती प्रादेशिक अस्पतालका नौ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत नौजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई चिकित्सकसहित नौजना संक्रमण पुष्टि भएको हो । 

तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा ५ का ३२ र ३७ वर्षका दुईजना, वडा नम्बर ६ का ३५ र ४१ वर्षका दुईजना, वडा नम्बर ९ का ५६ वर्षीय एक जना र वडा नम्बर १९ का ३५ वर्षीय एक जनामा संक्रमन पुष्टि भएको छ।

यसैगरी, तुलसीपुरबाट स्वाब संकलन गरिएका घोराही १५ का ३२ वर्षका एकजना र चितवन भरतपुर ५ घर भएका २६ वर्षीय अर्का एकजनामा पनि कोरोना पुष्टि भएको छ। घोराहीमा बैंकका चारसहित १० जनालाई कोरोना पुष्टि घोराहीमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

घोराही उपमहानगरपालिका ८ का २५ वर्षीय पुरुष, घोराही १० नारायणपुरका का २५, ३० र ३२ वर्षीय पुरुष र ३४ वर्षीय एक महिलामा संक्रमन पुष्टि भएको छ। उनीहरू सबै स्थानीय व्यापारी रहेको बताइएको छ । 

घोराही ११ का ५३ वर्षीय पुरुष, घोराही १५ का २०, ४२, ५४ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

घोराहीमा ७५ जनाको स्वाव परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण थप १० जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

तुलसीपरबाट स्वाब संकलन गरिएको घोराही १५ का ३२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या सात सय ६७ जना पुगेको छ । शनिबार सक्रिय संक्रमितको संख्या ७९ पुगेको छ ।

त्यसबाहेक अन्य सबै उपचारपछि घर फर्किसकेका छन् । जिल्लामा हालसम्म दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कमल चन्दले जानकारी दिए ।

यो पनि