काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका २, सिरहा १, गोरखा १, कास्की १, काठमाडौं १, ललितपुर २ र भक्तपुरका १ गरी ९ जना पुरुषकाे मृत्यु भएकाे छ ।
त्यस्तै पाल्पा, काठमाडौं र भक्तपुरका गरी ३ जना महिलाकाे मृत्युसँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ जना पुगेको छ ।