मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरामा कोरोनाका कारण थप एकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । 

पोखरा १४ का ५८ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । उनी पेटको आन्द्रा बटारिएकाले भदौ ७ गते सो अस्पताल भर्ना भएका थिए ।

भर्ना भएकै दिन आकस्मिक रुपमा उनको पेटको अपरेसन गरिएको थियो । अपरेसन गरेका उनमा भदौ १० मा संक्रमण पुष्टि भएको थियो । 

कोरोनाका कारण गण्डकीमा तीन सय ९५ जना आइसोलेसनमा छन भने बाँकी एक हजार ६ सय ७२ जना निको भएर घर गएका छन् । गण्डकीको क्वारेन्टाइनमा अझै आठ सय ३० उपचाररत छन् । 


कस्तो लाग्यो ?

यो पनि