मंसिर ०१, २०८१, शनिबार
               

कोटेश्वरका १९ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण भएको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार शुक्रबार साँझ १७जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको र त्यसअघि दुईजनामा पुष्टि भएको थियो । 

सुरुमा देखिएका दुईजनाको क्लोज कन्ट्याक्टमा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले जानकारी दिए ।

ती अधिकृतका अनुसार संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा राखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् । 

हालसम्म काठमाडौं उपत्यकामा ११० जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि