काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको मृत्यु भएको छ ।
चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा रहेका उनको जिल्ला कारागार मोरङमा मृत्यु भएको हो ।
उनी श्वासप्रश्वासबाट पनि पीडित थिए । कारागारका जेलर सुवास लामिछानेका अनुसार अस्पताल लैजाँदा चिकित्सकले कोरोनाको आशंकामा तत्काल उपचार गर्न नमानेको, तर पछि फोन गरेसँगै उपचार सुरु भएको थियो ।