मंसिर ०७, २०८१, शुक्रबार
               

पाल्पा मदनपोखराकी ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पाल्पाकी एक ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजस्थित पाल्पामा उपचार गराइरहेकी संक्रमित महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार जिल्लाको तानसेन नगरपालिका–८ मदनपोखरा घर भएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला मुटु रोगीसमेत रहेको अस्पतालको भनाइ छ ।

मृतक ती महिला गत भदौ ५ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि त्यस अस्पतालमा पुगेकी थिइन् भने स्वाब परीक्षण गर्दा यही भदौ ७ गते कोरोना फेला परेको थियो ।


कस्तो लाग्यो ?

यो पनि