जेठ ०५, २०८१, शनिबार
               

देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् ।

त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन् । वाग्मती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएका छन् । तीमध्ये काठमाडौंका नौ र ललितपुरका दुई जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार संक्रमित भएका छन् । तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन् ।

प्रदेश नं ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार संक्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । उनले संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिए । 

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार संक्रमणको उच्च जोखिममा रहेका छन् । महासङ्घले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरूको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उनले बताए । 

महासङ्घले महामारीको  विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ । 

यो पनि