मंसिर ०७, २०८१, शुक्रबार
               

पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

पाल्पा । पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको आज साँझ मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।

ती महिलाकाे श्वासप्रश्वासमा समस्या देखिएपछि कलेजमा उपचार गर्न आएको र मुटुको उपचारका क्रममा शंका लागेर स्वाब लिएर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार मृत्तक महिलाको शव व्यवस्थापनको लागि पाल्पा जिल्ला सिसिएमसीसँग समन्वय भइरहेको बताइन् ।

पाल्पामा यसअघि कोरोना संक्रमणका कारण पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको निधन भएको थियो । यो सँगै पाल्पामा काेरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि